गण्डकीका ५० प्रहरीलाई ड्राइभिङ तालिम
पाेखरा | भदौ २२, २०८०
पोखरा: गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले यहि बहालवाला प्रहरी कर्मचारीलाई सिपयुक्त बनाउने उद्देश्यसहित ड्राइभिङ तालिम प्रदान गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ५० जना प्रहरी कर्मचारीलाई हलुका सवारी साधन (कार/जिप) ड्राइभिङ तालिम प्रदान गरिएको हो ।
गण्डकी प्रदेश मातहतका विभिन्न प्रहरी कार्यालयहरुमा रहि उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरुलाई प्रेरणा स्वरुप प्रदान गरीएको सो तालिममा गोरखा जिल्लाबाट ३ जना, नवलपरासी (पुर्व) ४, कास्की १६ , तनहुँ ८, स्याङ्जा ४, बागलुङ ४, म्याग्दी २, पर्वत २, मुस्ताङ २, लमजुङ ३, मनाङ जिल्ला अन्तर्गतबाट–२ जना प्रहरी कर्मचारीहरुको सहभगिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले तालिमबाट सिकेका कुराहरुलाई उपयोग गरी प्रहरी सेवामा कुशल चालकका रुपमा आफुलाई स्थापित गराउन शुभकामना व्यक्त गरेका थिए ।
सो तालिममा सनराइज ड्राइभिङ इन्सटिच्युटले सहजीकरण गरेको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

